Logo

पाँच बुँदे सहमतिसँगै तोडियो डा केसीको अनशन

पाँच बुँदे सहमतिसँगै तोडियो डा केसीको अनशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अनशनरत प्राडा गोविन्द केसीले आज अनशन तोडेका छन् । शुक्रबार राति सरकारसँग५ बुँदे सहिमति भएसँगै उनले अनशन तोडेका हुन् ।

उनले पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

तर, न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताए । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले डां केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।

गत आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा ४ वर्षअघि बर्खास्त भएका प्रा डा शशी शर्मालाई ४ दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायसंगत नभएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनशन शुरू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL