काठमाडौं । डा. गोविन्द केसीलाई बुधबार विहान सर्वोच्च पुर्याइएको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका उनलाई प्रहरीले सर्बोच्च पुर्याएको हो ।
मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान मानेनन् ।
उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । डा केसीले मंगलबार नै बयान दिइसकेका छन् । भइसकेको छ ।