काठमाडौं । आइतबार काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको छ । सन् २०१० पछि आज काठमाडौंको तापक्रम शून्यमा झरेको हो ।
अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०।४ सम्म झरेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ ।
यसअघि पुस २० गते काठमाडौंको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो ।
साथै अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने महाशाखाले जानकारी दिएको हो ।
काठमाडौंमा सन् १९७८ मा माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो ।