काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडले सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ। एनआइसी एसिया क्यापिटल लिमिटेड एनआइसी एसिया बैंकको सहायक कम्पनी हो ।
एनआइसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डले १अर्ब रुपैयाँको सामुुहिक लगानी कोष निष्काशन गर्न अनुमति दिएको थियो । यससँगै माघ २ गतेबाट सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको हो।
क्रेडिट रेटिङ एजेन्सी ईक्रा नेपाल लिमिटेडले क्यापिटललाई आइसीआरएएनपी–आइआर एएमसी क्वालिटि ३ तथा एनआइसी एसिया बैंक लिमिटेडलाई आइसीआरएएनपी–आइआर ए गुणस्तर रेटिङ प्रदान गरेको छ।
एनआइसी एशिया ग्रोथ फण्डले १ अर्ब बराबरको १० रुपैयाँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
माग भन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चिस करोड रुपैयाँसम्म पु¥याउन सकिनेछ।