Logo

दाङमा पुनः हवाई सेवा सञ्चालन, आइतबारदेखि समिट एयरले उडान भर्ने

दाङमा पुनः हवाई सेवा सञ्चालन, आइतबारदेखि समिट एयरले उडान भर्ने


बिजखबर संवाददाता
783
Shares

दाङ । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौंका लागि उडान भर्ने सहमति जनाएसँगै दाङमा पुनः हवाईसेवा शुरु हुन लागेको हो ।

सहमति अनुसार समिट एयरले हप्तामा दुईपटक उडान भर्नेछ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र सो क्षेत्रका जनप्रतिनिधिको पहलमा अवरुद्ध हवाई सेवा सञ्चालनका लागि पहल गरिएको हो ।

यसैबीच पुस २३ गते विमान सेवा शुरु गर्नका लागि टिकट बुकिङ पनि खुला गरिएको छ । अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सीमार्फत टिकट बिक्री गर्ने काम शुरु हुने नगरप्रमुख पाण्डेले जानकारी दिए ।

तत्कालका लागि दाङबाट काठमाडौँका लागि ६ हजार ८ सयदेखि ७ हजार २ सय रुपैयाँसम्म भाडा तोकिएको छ । यसैगरी काठमाडौंबाट दाङका लागि ७ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्