काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई तत्काल निर्वाचन खर्च विवरण पेश गर्न निर्देशन दिएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम प्राप्त भएको तीन साता भइसक्दा पनि खर्च नबुझाएको भनदै यस्ते निर्देशन दिएको बताएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२(४) अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नु पर्ने व्यवस्था छ ।
अन्यथा खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्नसक्ने कानुनी व्यवस्था छ।
आयोगको सार्वजनिक सूचनामा सम्वन्धित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयमा विवरण पेश गर्न निर्देश्न गरिएको छ ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचनमा भाग लिएका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको थियो ।
प्रदेशसभाका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । यता समानुपातिकतर्फ प्रतिनिधिसभाको उम्मेदवारको बन्दसूचीमा परेका उम्मेदवारले २ लाख र प्रदेशसभाका उम्मेदवारले १लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो।