Logo

मध्यरातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

मध्यरातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । बुधबार काठमाडौंमा एक भारतीय नागरिकको हत्या भएको छ । काठमाडौंको गौशालास्थित आमदब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसरका अनुसार उनको मध्यराती हत्या भएको थियो ।

होटलका कर्मचारी र भारतीय नागरिकबीचको विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL