Logo

देशभरका पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गरिँदै, निगमले गठन गर्यो कार्यदल

देशभरका पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गरिँदै, निगमले गठन गर्यो कार्यदल


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्ने भएको छ ।

निगम संचालक समितिको बुधबार बसेको बैंठकले अध्ययनका लागि एक कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । तत्कालका लागि महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरिएको छ । केही दिनअघि वीरगन्जस्थित एक ग्यास उद्योगमा भएको आगलागीपछि मुलुकभरका पेट्रोल पम्मको सुरक्षाको अवस्थाका बारेमा पनि प्रश्न उठेपछि निगमले कार्यदल गठन गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा निगम सञ्चालक समिति सदस्य अरविन्द्र अग्रवाल, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, प्रवक्ता वीरेन्द्र गोइत, आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी, आपूर्ति व्यवस्थापन विभागका निर्देशक र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनका प्रतिनिधि रहनेछन् ।

प्रवक्ता गोइतका अनुसार कार्यदललाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने समयावधि दिइएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL