Logo

आगलागीमा ४० लाखको क्षति, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा

आगलागीमा ४० लाखको क्षति, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा


बिजखबर संवाददाता
27
Shares

इलाम । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ ।

आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL