Logo

रेशम चौधरीलाई पक्राउ गर्न सर्बोच्चको आदेश

रेशम चौधरीलाई पक्राउ गर्न सर्बोच्चको आदेश


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई राज्यबाट पाउने कुनै पनि सुविधा नदिन सरकारलाई आदेश दिएको छ ।

प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद चौधरीलाई फरार अभियुक्त ठहरगर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चले वारेश नामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले रेशमलाई फरार अभियुक्त ठहरगर्दै पक्रन निर्देशन दिएको छ । २०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी रहेका रेशम लामो समयदेखि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्