Logo

सांसद नवराज सिलवालविरुद्ध मुद्दा दायर, पक्राउ गर्न प्रहरी परिचालन

सांसद नवराज सिलवालविरुद्ध मुद्दा दायर, पक्राउ गर्न प्रहरी परिचालन


बिजखबर संवाददाता
3k
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसद नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको मुद्दा दायर भएको छ । पूर्व डिजाईजी तथा ललिपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सासंद सिलवाल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार काठमाडौं प्रहरीले सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको बताए ।

मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सिलवाल पक्राउ परेपछि थुनामा राखेर अनुसन्धान थालिने प्रहरीले जानकारी दिएको छ ।

केही समयअघि माात्र सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै सो माथी अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्