बिजखबर संवाददाता
६ फागुन,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य ७ सयले घटेको छ । सोमवार ५२ हजार ७ सयमा किनबेच भएका सुन बुधवार ५२ हजार प्रतितोलामा झरेको छ ।
त्यस्तै चाँदीमा पनि गिरावट आएको छ । बुधवार बजारमा चाँदीको मूल्य प्रतितोला ७ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चाँदीको मूलय प्रतितोला ७ सय २५मा कारोबार भएको थियो ।