Logo

नेपाली सेनामा जागिरको अवसर, १५० अधिकृत माग

नेपाली सेनामा जागिरको अवसर, १५० अधिकृत माग


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाली सेनाले १ सय ५० अधिकृत ९क्याडेट० पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले खुलातर्फ ८३ जना, समावेशीतर्फ महिला १३, आदिवासीरजनजाति २२, मधेसी १९, दलित १० र पिछडिएको क्षेत्रबाट ३ जना मागेको हो ।
आवेदक १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्ने बताएको छ । साथै न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुकले आवेदन दिन पाउनेछन् ।

माघ ३ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख गरीएको छ । दोब्बर दस्तुर बुझाएर माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ ।

दरखास्त फाराम जंगी अड्डा भद्रकालीसहित सबै पृतनाहरुमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL