काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको छानविन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । नेप्सेमा आगलागीबाट भएको क्षतिको मूल्यांकन गर्न उक्त कमिति गठन गरिएको हो ।
उक्त समितिमा अर्थका साथै नेपाल धितोपत्र बोर्ड, नेप्सेका अधिकारीसमेत रहने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । तर, समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन ।
आगलागीका कारण नेप्सेको ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमानले देखाएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सले समेत छानबिन शुरु गरेको छ । तर, क्षतिको एकिन भने छानविन पछि मात्र आउने पराजुलीले जानकारी दिए ।