काठमाडौं । चितवनबाट बामगठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे विजयी भएका छन् । बामगठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार पाण्डेले चितवन निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
सो क्षेत्रमा कुल ८९ हजार ७ सय ४६ मत खसेकोमा पाण्डेले ५१ हजा ८० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बुर्लाकोटीले ३५ हजार ७ सय २० मत मात्र प्राप्त गरेका छन् ।