Logo

प्रतिनिधिसभातर्फ १०१ स्थानको नजिता सार्वजनिक, कसले कति स्थान जिते ?

प्रतिनिधिसभातर्फ १०१ स्थानको नजिता सार्वजनिक, कसले कति स्थान जिते ?


बिजखबर संवाददाता
1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तरगत १ सय १ स्थानको नजिता सार्वजनिक भएको छ । हालसम्मको नजिता अनुसार बामगठबन्धनले ८० स्थानमा जित हासिल गरेको छ । जसमध्ये नेकपा एमालेले ५७ र माओवादी केन्द्रले २३ स्थानमा विजयी भइसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस १२ स्थानमा विजयी भई तेस्रो स्थानमा रहेको छ । यसैगरी राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमले ३र३ स्थानमा विजयी भएका छन् । साथै नयाँ शक्तिका डा. बाबुराम भट्टराई र स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधिसभामा जित हासिल गरेका छन् ।

यसैगरी मतगणना भइरहेका स्थानमा पनि बामगठबन्धनकै अग्रता रहेको छ । हालसम्म बामगठबन्धनले ३२ स्थानमा अग्रता जिएको छ । जसमा एमाले २० र माओवादी केन्द्रले १२ स्थानमा अग्रता लिइरहेका छन् । यस्तै नेपाली कांग्रेसले १० स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्