काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र ५ बाट विजयी भएका छन् । ओलीले नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारीलाई हराएका हुन् । खगेन्द्रले कुल २८ हजार २ सय ५७ ल्याएका थिए ।
यस्तै झापा ३ नम्बरबाट राप्रपाका उम्मेदवार ४४ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई पराजित गर्दै विजयी भएका हुन् । सिटौलाले जम्मा ३१ हजार १ सय ७१ मत ल्याए ।