Logo

नुवाकोटका सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोटका सबै स्थानमा वाम गठबन्धन विजयी


बिजखबर संवाददाता
54
Shares

नुवाकोट । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएक हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा ९माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएक छन् । तामाङले ३६ हजार ४७३ र निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरेका हुन् ।

। विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा महतले तामाङलाई पराजय गरेका थिए ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएक छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरेका हुन् ।

यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश कमा नेकपा माओवादी केन्द्रका राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएकी छिन् । प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

यस्तै प्रदेश ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर जितेका छन् । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा कमा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएक छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा खमा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएक छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL