काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवा आफ्ना निकटतम प्रतिद्वन्द्वी खगराज भट्टलाई पराजित गरेका हुन् ।
देउवाले २८ हजार ४४ मत प्राप्त गरेर विजयी हुदा बामगठबन्धनका उम्मेदवा भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरे ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण बहादुर मल्ल विजयी भएका छन् । उनले भने बामगठबन्धनका उम्मेदवार डा. ताराप्रसाद जोशी झिनो मतान्तरले पराजित गरेका हुन् । मल्लले १३ हजार ४ सय १३ मत ल्याउँदा जोशीले १३ हजार ५७ मत प्राप्त गरे ।
तर, सोही क्षेत्रको प्रदेशसभा १ मा भने नेपाली कांग्रेसले हाल व्यहोरेको छ । सो प्रदेशमा नेकपा एमालेका पठनसिंह बोहोरा विजयी भएका छन् । बोहोराले नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई हराएका हुन् ।
बोहोराले १३ हजार ५ सय ६३ मत ल्याएर विजयी हुँदा भट्टले १३ हजार ५ सय ६३ मत प्राप्त गरे ।