Logo

एक महिना अघि एमाले भित्रीएका नवराज सिलवाल विजयी, ६ हजार मतले उदयशमसेर पराजित

एक महिना अघि एमाले भित्रीएका नवराज सिलवाल विजयी, ६ हजार मतले उदयशमसेर पराजित


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । एक महिना अघि मात्र एमालेमा प्रवेश गरेका सिलवालले नेपाली कांग्रेसका उम्मेदवार उदयशमसेर राणालाई पराजित गरेका हुन् ।

सिलवालले उदयशमसेरलाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरेका हुन् । सिलवालले कुल ३६ हजार ९ सय ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राणाले २० हजार ७ हजार २९ मत प्राप्त गरेका छन् ।

पूर्व डिआईजी सिलवाल आईजीपी नियुक्ती प्रक्रियामा किचलो भएपछि राजिनामा दिएर राजनीतिमा होमिएका थिए । अदालती प्रक्रियाबाट आईजी नियुक्तीमा समस्या भएपछि सरकारले एआईजी नै नियुक्त नगरी डीआईजीमै सिमित पारेको थियो । उनले आफुलाई अन्याय गरेको भन्दै डीआईजीबाट राजिनामा दिएर एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्