Logo

वाम गठबन्धन ३५ स्थानमा विजयी, कांग्रेस ६ स्थानमा

वाम गठबन्धन ३५ स्थानमा विजयी, कांग्रेस ६ स्थानमा


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले ३५ स्थानमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २४ र माओवादी केन्द्रले ११ स्थानमा जित हासिल गरेको हो ।

बाम गठबन्धनले अझै पनि ७८ स्थानमा आफ्नो अग्रता कायम राखिरहेको छ । जसमध्ये एमालेले ५६ र माओवादी केन्द्रले २२ स्थानमा अग्रता कायम राखेका हुन् ।

यता नेपाली कांग्रेसले ६ स्थानमा विजयी भएको छ । २१ स्थानमा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । त्यस्तै स भने समाजबादी फोरम ८ र राष्ट्रिय जनता पार्टीले ६ स्थानमा अग्रता लिइरहेका छन् ।

यस्तै अन्य दलले पनि ३ स्थानमा अग्रता लिएका छन् । शुरुमा मनाङबाट खाता खोलेको एमाले काठमाडौंलगायत विभिन्न २३ स्थानमा आफ्नो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL