काठमाडौं । कालीकोटको एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । उनले २१ हजार ११२ मत ल्याएर विजयी भएका हुन् । रावतका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश ९क० मा एमालेका कुर्मराज शाही विजयी भएका छन् । शाहीले ११ हजार ९३५ मत ल्याए भने प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार ४८९ मत ल्याए ।
यस्तै प्रदेश ९ख०मा माओवादी केन्द्रका विनाविभागीय मन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मन्त्री शाहीले १२ हजार १५३ मत ल्याएका हुन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३४२ मत ल्याएका छन् ।