Logo

दोलखामा बामगठबन्धनको क्लिनस्वीप, पार्वत गुरुङ ५६ हजार मत ल्याएर विजयी

दोलखामा बामगठबन्धनको क्लिनस्वीप, पार्वत गुरुङ ५६ हजार मत ल्याएर विजयी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दोलखामा बामगठबन्धन विजयी भएको छ । दोलखाको बामगठबन्धनका उम्मेदवार एमालेका पार्वत गुरुङ ५५ हजार ९ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कालाई दोब्बरभन्दा बढी मतले पराजित गरेका हुन् । खड्काले जम्मा २५ हजार ८ सय १ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा (क) मा बामगठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९ सय ५६ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख) मा बामगठबन्धनका उम्मेदवार नेकपा एमाले पशुपति चौलागाईंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका केशव चौलागाईंले १० हजार ८ सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्