Logo

धादिङमा वाम गठबन्धनको क्लिनस्वीप !

धादिङमा वाम गठबन्धनको क्लिनस्वीप !


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । धादिङमा बाम गठबन्धनले क्लिनस्वीप गरेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा बाम गठबन्धनले क्लिनस्वीप गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी ४९ हजार १ सय २१ मतसहित विजयी भएका हुन् ।लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्व अर्याललाई त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले हराए ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं। २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलमान पाख्रिन हुन् ।

प्रदेशसभाका चारवटै सिटमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत ल्याएर विजयी भएका छन् ।

क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले कांग्रेसका प्रभातकिरण सुवेदीलाई पछी पारेका हुन् ।
त्यस्तै क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका डा। रामकुमार अधिकारी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याए । अधिकारी र धमलाबीच मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्