Logo

काठमाडौं ४ बाट गगन थापा निर्वाचित

काठमाडौं ४ बाट गगन थापा निर्वाचित


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् ।
उनी वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि उनी २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका डा राजन भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL