Logo

एमाले ८ स्थानमा विजयी हुँदा माओवादी र स्वतन्त्र १/१, ८४ स्थानमा बामअग्रता

एमाले ८ स्थानमा विजयी हुँदा माओवादी र स्वतन्त्र १/१, ८४ स्थानमा बामअग्रता


बिजखबर संवाददाता
810
Shares

काठमाडौं । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार अनुसार बामगठबन्धनले ९ स्थानमा जित हासिल गरेको छ । जसमध्ये नेकपा एमालेले ८ र माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको हो ।

प्राप्त नजिता अनुसार एमालेकातर्फबाट मनाङ्मा पाल्तेन छोपाङ गुरुङ, मुस्ताङमा प्रेमप्रसाद तुलाचन, म्याग्दीमा भुपेन्द्रबहादुर थापा, मुगुमा गोपालबहादुर बम, जुम्लामा पदमबहादुर रोका, बझाङमा भैरबबहादुर सिंह, बाजुरामा लालबहादुर थापा र डोल्पामा धनबहादुर बुढाले जित हासिल गरेका हुन् ।

यसैगरी माओवादी केन्द्रकोतर्फबाट पूर्वी रुकुममा कमला रोक विजयी भएका छन् । तर, हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबाहादु शाहीले जित हासिल गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार मनगणना भइरहेको स्थानमध्ये बामगठबन्धनले ८४ स्थानमा अग्रता लिइरको छ । जसमध्ये नेकपा एमालेले ५९ र माओवादी केन्द्रले २५ वटा प्रतिनिधिसभामा अग्रता लिइरहेको छ । सो अबधिसम्म नेपाली कांग्रेसले पनि आफ्नो अग्रता बढाएर १३ स्थान पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL