Logo

६ स्थानमा एमालेले जित्दा माओवादी र स्वतन्त्र १/१ स्थामा विजयी, ५९ स्थानमा बामगठबन्धनको अग्रता

६ स्थानमा एमालेले जित्दा माओवादी र स्वतन्त्र १/१ स्थामा विजयी, ५९ स्थानमा बामगठबन्धनको अग्रता


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । पछिल्लो पटक सार्वजनिक नजिता अनुसार बामगठबन्धनले ७ स्थानमा जित हासिल गरेको छ । जसमध्ये नेकपा एमालेले ६ र माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको हो ।

प्राप्त नजिता अनुसार एमालेकातर्फबाट मनाङ्मा पाल्तेन छोपाङ गुरुङ, मुस्ताङमा प्रेमप्रसाद तुलाचन, म्याग्दीमा भुपेन्द्रबहादुर थापा, मुगुमा गोपालबहादुर बम, जुम्लामा पदमबहादुर रोका र बझाङमा भैरबबहादुर सिंहले जित हासिल गरेका हुन् ।

यसैगरी माओवादी केन्द्रकोतर्फबाट पूर्वी रुकुममा कमला रोक विजयी भएका छन् । तर, हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबाहादु शाहीले जित हासिल गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार मनगणना भइरहेको स्थानमध्ये बामगठबन्धनले ५९ स्थानमा अग्रता लिइरको छ । जसमध्ये नेकपा एमालेले ३८ र माओवादी केन्द्रले २१ वटा प्रतिनिधिसभामा अग्रता लिइरहेको छ । सो अबधिसम्म नेपाली कांग्रेसले ९ स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL