काठमाडौं । काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये ७ स्थानमा बामगठबन्धनले अग्रता लिएको छ । आज बिहानदेखि मतगणना शुरु भएको काठमाडौंमा बामगठबन्धनले अग्रता लिइरहेको छ ।
हालसम्मको मतपरिणाम अनुसार एमालेले ६ स्थानमा अग्रता लिइरहेको छ भने माओवादी केन्द्रले १ स्थानमा अग्रता लिएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिइरहेको छ ।
हालसम्म नेकपा एमालेले क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल, क्षेत्र नम्बर ३ मा कृष्ण राई, क्षेत्र नम्बर ४ मा राजन भट्टराई, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल, क्षेत्र नम्बर ७ मा रामबीर मानान्धर र काठमाडौं क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठले अग्रता लिइरहेका छन् ।
यसैगरी नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, क्षेत्र नम्बर ८ मा नविन्द्रराज जोशी, र १० कांग्रेसका राजन केसी अगाडि छन् ।
हालसम्म माओवादी केन्द्रका झक्कु सुवेदीले काठमाडौं ६ मा अग्रता लिइरहेका छन् ।