Logo

स्काउटका आयुक्त भट्टराईले दिए राजिनामा, स्काउटमा मनोमानीतन्त्र हावी भएको आरोप

स्काउटका आयुक्त भट्टराईले दिए राजिनामा, स्काउटमा मनोमानीतन्त्र हावी भएको आरोप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ फागुन,काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका कार्यक्रम आयुक्त राम भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्काउटका नेतृत्वप्रति असन्तुष्टी जनाउदै राजिनामा दिएका हुन् ।

आईतबार एक विज्ञप्ती जारी गरी स्काउटले नेपाल स्काउट ऐन नियम संसोधनको कार्यलाई प्राथमिकतामा नराखी अन्य अनावश्यक कार्यमा समय खर्चेको प्रति आपत्ति जनाउँदै राजिनामाको घोषणा गरेका थिए ।

उनले नेपाल स्काउटमा परिवर्तनको नाममा मनोमानितन्त्र हावि भएको र सबै भन्दा लोकतान्त्रिक कार्यसमिति भएको धाक लगाउने नेतृत्वले नै तानाशाह शैली अपनाएको आरोप लगाएका छन् ।

गत पौष २१ नेपाल स्काउटको तदर्थ समिति भंग गरि ऐन, नियम बमोजिम भन्दै काठमाडौं जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहालको नेतृत्वमा स्काउट प्रमुख युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौड्यालले कार्य समिती गठन गरेका थिए1.1
तर मन्त्रि पौड्यालले नेपाल स्काउट ऐन विपरित मनोनित परिषद सदस्यलाई कार्य समितीमा ल्याएको भन्दै परिषद सदस्य भरतलाल श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही अनुरुप गत माघ २० गते अदालले नेपाल स्काउटमा पदाधिकारी नियुक्ती प्रक्रिया तत्काललाई रोक्न अन्तरिम आदेश जारी गरेको थियो । रिटको अन्तिम टुंगो नलागेसम्म कुनै कारवाही अघि नबढाउन सरकारको नाममा उक्त आदेश जारी भएको हो ।

न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले राष्ट्रिय परिषद सदस्य भरतलाल श्रेष्ठका तर्फबाट दायर रिटमाथि अन्तरिम टुंगो नलागेसम्म नियुक्ती प्रकृया रोक्न आदेश दिएको हो।

सर्वोच्चले १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत सरकारलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्