Logo

पहिलो चरणको निर्वाचनको मतगणना शुरु

पहिलो चरणको निर्वाचनको मतगणना शुरु


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका अधिकांश स्थानमा मतगणना शुरु भएको छ ।  पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये अधिकांशमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अहिले मुस्ताङ, मनाङ, बैतडी, ताप्लेजुङ, नुवाकोट र बाजुरालगायत जिल्लामा मतगणना कार्य शुरु भएको  हो ।

३२ जिल्लामध्ये  मनाङ्गमा सबैभन्दा कम ४ हजार ३३८ मतदाताले मतदान गरेका थिए । त्यहाँ  कूल ५  हजार ८८१ मतदाता   रहेका थिए । मनाङको अन्तिम परिणाम आजै रातिसम्म आइसक्ने अनुमान आयोगको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL