Logo

विदेशी सञ्चारमाध्यममा नेपाली निर्वाचनको चर्चा, कसले के लेखे ?

विदेशी सञ्चारमाध्यममा नेपाली निर्वाचनको चर्चा, कसले के लेखे ?


बिजखबर संवाददाता
729
Shares

काठमाडौं । बिहीबार जारी दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको विभिन्न नेपालीसँगै सञ्चारमाध्यमहरुले समाचार दिइरहेका छन् । निर्वाचनको समाचार नेपाली सँगै प्राय सबै चर्चित विदेशी सञ्चारमाध्यमहरुको प्राथमिकतामा परेको हो ।

अन्तरराष्ट्रिय चर्चित सञ्चारमाध्यम रोयटर्स, अलजजिरा,भ्वइस अफ अमेरिका, द हिन्दु, डेलिमेललगायतले निर्वाचनको समाचार सम्प्रेषण गरेका छन् ।

रोयटर्सले ‘लामो समयको लोकतान्त्रिक ट्रान्जिसनको अन्त्यमा अन्तिम निर्वाचन’ शिर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

त्यस्तै द हिन्दुले ‘नेपालको दोश्रो चरणको चुनावका लागि मतदान शुरु’ शिर्षकमा समाचार लेखेको छ ।

त्यसैगरी भ्वइस अफ अमेरिकाले ‘नेपालको दोश्रो तथा अन्तिम चरणको निर्वाचन’ शिर्षकमा समाचार छापेको छ ।

डेलिमेलले ‘नेपालमा प्रान्तिय, राष्ट्रिय विधानसभाका लागि लाखौको भोट’ समाचार लेखेको छ । अलजजरिाले लोकतान्त्रिक संक्रमण समाप्त गर्दै नयाँ प्रान्तिय सरकार चुन्न भोट भन्ने समाचार लेखेको छ ।

यी बाहेक अन्य विदेशी सञ्चारमाध्यमहरुले नेपालको दोश्रो चरणको निर्वाचनलाई प्राथमिकतामा राखेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL