Logo

१ बजेसम्म ४० प्रतिशत मदतान सम्पन्न, ५० लाख मत खस्यो

१ बजेसम्म ४० प्रतिशत मदतान सम्पन्न, ५० लाख मत खस्यो


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचन अन्तरगक कुल १ करोड २२ लाख ३५ हजार मतदाता सहभागी हुँदैछन् । जसमध्ये हालसम्म झण्डै ५० लाख मत खसेको आयोगले जानकारी दिएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL