Logo

भक्तपुर बालकोटस्थित मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

भक्तपुर बालकोटस्थित मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा झडप भएको छ । एमाले–कांग्रेस कार्यकर्ताबीच भएको झडपमा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमध्य एक युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत रअर्को परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको छ ।

मतदानका क्रममा कांग्रेस कार्यकर्ताले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ ।

यता कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्