काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको छ । मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्यराति १२ बजेसम्म गन्तव्यमा पुग्न भनेको छ ।
मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन् ।
भोलि साँझ ७ बजेबाट भने अन्य सवारीसाधन चल्ने गृहले जनाएको छ ।