Logo

जिआईजेड र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता, १ र ७ प्रदेशमा नवीकरणीय ऊर्जा

जिआईजेड र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता, १ र ७ प्रदेशमा नवीकरणीय ऊर्जा


बिजखबर संवाददाता
162
Shares

ललितपुर । जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र जिआइजेडका राष्ट्रिय निर्देशक डा एल. के. फोस्र्टरले हस्ताक्षर गरेका हुन् । नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार प्राविधिक सहायताअन्तर्गत यो कार्यक्रम कार्यान्वयन ल्याइनेछ ।

नेपालको संविधानमा नवीकरणीय ऊर्जालाई स्थानीय तहबाट कार्यान्वयनमा लगाइने व्यवस्थाअनुसार यस कार्यक्रमअन्तर्गत प्रदेश नं १ र ७ का गाउँपालिकालाई नवीकरणीय ऊर्जामा नमूना योग्य बनाउने लक्ष्य रहेको केन्द्रका निर्देशक नवराज ढकालले जानकारी दिए ।

साथै केन्द्रको संस्थागत क्षमता अभिवृद्धि एवं अनुगमन सूचना प्रणालीलाई व्यवस्थित गर्ने, प्रादेशिक र स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा लैंगिक एवं सामाजिक समावेशीतामा सहयोग गरिनेछ ।

सम्झौता अनुरुप ३ वर्षमा सम्पन्न गरिने सो कार्यक्रमको लागि ५ मिलियन यूरो बजेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL