Logo

राती १२ बजेबाट मौन अबधि शुरु, प्रचारप्रसारका कार्यक्रममा रोक

राती १२ बजेबाट मौन अबधि शुरु, प्रचारप्रसारका कार्यक्रममा रोक


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज राती १२ बजेबाट मौन अबधि शुरु हुनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बाँकी ४५ जिल्लामा हुने निर्वाचनमा आज राती १२ बजेबाट मौन अबधि शुरु हनुे निर्वाचन आयोगले जानकारी दिएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरुको आज दिनभर अन्तिम चुनावी प्रचारप्रशारको कार्यक्रम हुनेछ । मौन अबधि पश्चात चुनाव प्रचारप्रसार गरेमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै रद्द गरिने आयोगले जानकारी दिएको छ ।

सो अबधिमा फेसबुक, ट्विटर, भाइबर लगायत अन्य सामाजिक संजालमा समेत प्रचारप्रसार गर्न रोक लगाइएको छ । साथै संचारमाध्यलाई पनि निर्वाचनमा असर पुर्याउने खालका समाचारहरु सम्प्रषण नगर्न आग्रह गरेको छ ।

सो अबधिमा उम्मेद्वारहरुले राजनीति दलको चिह्न अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL