Logo

व्यवसायी गौचन हत्याका मुख्य योजनाकार पक्राउ

व्यवसायी गौचन हत्याका मुख्य योजनाकार पक्राउ


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको जानकारी दिएको छ । साथै केहीबेरपछि पत्रकार सम्मेलन गरी बस्नेतलाई सार्वजनिक गर्न लागिएको समेत बताएको छ ।

यसअघि गौचनको हत्यामा संलग्न अन्य ३जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

गौचनको असोजको अन्तिम साता नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL