Logo

१२ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब नाघ्यो कारोबार

१२ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब नाघ्यो कारोबार


बिजखबर संवाददाता
324
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक १२ दशमलब २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३६ दशमलब १२ अंकमा पुगेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक १०० दशमलब २४ अंकले बढेको छ । त्यस्तै होटल ५१ दशमलब ३९, माइक्रोफाइनान्स ४१ द्यशमलब ६२,बिकास बैंक १३ दशमलब २२, जलविद्युत ९ दशमलब ६१ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ८ दशमलब ५९ र फाइनान्स,अन्य र ट्रेडिङ समुहको परिसुचक क्रमशः ५ दशमलब ६४,३ दशमलब १८ र २ दशमलब ८८ अंकले बढेको छ । यता उत्पादन समुहको परिसुचक भने ३२ दशमलब १२ अंकले ओरालो लागेको छ ।

बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी ६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकम र सानिमा माइ हाइड्रोको क्रमशः ६ करोड ५० लाख र ६ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १ सय ६३ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २० लाख कित्ता सेयरबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्