Logo

१ करोड रुपैयाँ धरौटी बुझाएर छुटे चुडामणी शर्मा

१ करोड रुपैयाँ धरौटी बुझाएर छुटे चुडामणी शर्मा


बिजखबर संवाददाता
1.8k
Shares

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आज विशेष अदालतमा बयानका लागि गएका शर्मालाई १ करोड रुपैयाँ धरौटी माग गरिएको हो ।

तर, शर्माले आजै बैंक ग्यारेण्टी बुझाएर धरौटीमा रिहा भएका छन् । विशेषले यस अघि आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि १÷१ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको सदस्य सचिव रहँदा कर फस्यौट आयोगमा रहँदा गैर कानुनी रुपमा कर छुट दिएको भन्दै पक्राउ गरेको थियो । तर, अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माको पत्नी बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए । उनको रिटमाथी सुनुवाई गर्दै सर्वोच्चले छुटकारा दिएको थियो ।

सर्वोच्चको बृहत पूर्ण इजलासले सुनुवाई गर्दै शर्माको मुद्दा तत्काल टुङ्ग्याउन विशेष अदातललाई जिम्मा लगाएको थियो । सोही अनुरुप आज विशेषले उनको मुद्दामाथी सुनुवाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL