Logo

छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ६ जिल्लामा मतमेटिकाक अझै जिल्ला सदरमुकाममा ल्याउन सकिएको छैन । पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको निर्वाचन आयोगले जानकारी दिएको छ ।

हालसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तर, संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ मतदान स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका छन् ।

छ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL