Logo

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाम पुगे, अन्य लैजाने तयारी

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाम पुगे, अन्य लैजाने तयारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम पुगेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि दुई हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

अन्य ७४१ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL