Logo

साढे १२ बजेसम्म ४० प्रतिशत मतदान सकियो

साढे १२ बजेसम्म ४० प्रतिशत मतदान सकियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आइतबार जारी मतदानमा ४० प्रतिशत मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो साढे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको हो ।

जसमध्ये मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

मतदान बिहान ७ बजेदेखि शुरु भएको थियो । साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL