काठमाडौं । आइतबार ३२ जिल्लामा सवारी आवतजावत बन्द हुने भएको छ । पहिलो चरण अन्तर्गत प्रतिनिधि र प्रदेशसभा चुनाव हुने ३२ जिल्लामा भोलि सवारीसाधन बन्द हुने भएको हो ।
शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन ।
निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
आयोगले शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएकोले सोही अनुसार तयारी गर्न सूचना जारी गरेको हो
भोलि मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने चल्न पाउने छन् । त्यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालन हुने छ ।