Logo

मतदाता परिचयपत्र वितरण आज र भोली, सम्बन्धित मतदान केन्द्रमा उपलब्ध

मतदाता परिचयपत्र वितरण आज र भोली, सम्बन्धित मतदान केन्द्रमा उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ ।

आयोगले गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको हो ।
आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । आयोगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ ।

आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न सुझाएको छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL