Logo

उम्मेदवारमाथि आक्रमण भएको भन्दै अमेरिकाद्वारा चिन्ता, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न आग्रह

उम्मेदवारमाथि आक्रमण भएको भन्दै अमेरिकाद्वारा चिन्ता, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाले नेपालमा उम्मेदवारहरूमाथि भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । साथै हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासले सोमबार विज्ञप्ति जारी गर्दै ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको हो ।

दूताबासले नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न भनेको छ । ‘निर्वाचन राजनीतिक बहसको समय भए तापनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

दूताबासले सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्