Logo

छुर्पी र ट्वाइलेट पेपर बोकेको गाडीमा १७ किलो सुन, चालक तामाङ पक्राउ

छुर्पी र ट्वाइलेट पेपर बोकेको गाडीमा १७ किलो सुन, चालक तामाङ पक्राउ


बिजखबर संवाददाता
0
Shares

रसुवा । चीनको केरुङ नाकाबाट१७ किलो सुनसहित एक जना पक्राउ परेका छन् । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ ।

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो ।
सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए । गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्