Logo

गौचन हत्यारालाई पक्राउ गरेकोमा महासंघद्धारा धन्यवाद व्यक्त, मुख्य योजनाकार पक्राउ गर्न माग

गौचन हत्यारालाई पक्राउ गरेकोमा महासंघद्धारा धन्यवाद व्यक्त, मुख्य योजनाकार पक्राउ गर्न माग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएको छ ।

महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गरी प्रहरीले पाएको यस किसिमको सफलता  प्रशंसायोग्य रहेको बताएका हुन् ।

श्रेष्ठले विज्ञप्ति मार्फत् प्रहरी अनुसन्धानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति विशेष आभार समेत व्यक्त गरेका छन् ।
साथै हत्यारा पत्ता लगाउन निरन्तर दबाब दिने संचार माध्यम, राजनीतिक दल, निजी क्षेत्र सहित सम्बन्धित् सबैप्रति कृतज्ञता जाहेर गरेका छन् ।

तर हत्याका मुख्य योजनाकार सहित आठ जना अझै फरार रहेको अवस्थाले देशभरका निर्माण व्यवसायीलाई अत्यन्त त्रसित तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।

मुख्य योजनाकार सहित आठै जनालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नका लागि विशेष कदम चाल्न जोडदार माग गर्दै अध्यक्ष श्रेष्ठले सबै खाले निर्माण व्यवसायीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्य समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL