Logo

गौचन हत्यामा संलग्न ५ पक्राउ, मुख्य योजनाकार फरार

गौचन हत्यामा संलग्न ५ पक्राउ, मुख्य योजनाकार फरार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेकको हो । हत्याको मुख्य योजनाकार भने अझै फरार छन् ।

हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए ।गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेको र बुढाथोकी भने समिरका सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार समिरमान बस्नेत भने फरार छन् ।

गौचनको २३ असोजमा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको थियो । शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा गाडीभित्रै गोली हानिएको हो ।  गौचनको पेटमा गोली लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL