Logo

८८ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छुटे, चालक जेल चलान

८८ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छुटे, चालक जेल चलान


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई ८८ केजी सुन तस्करीमा मुख्य दोषी ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो ।

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई÷दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए । १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो ।

हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्