काठमाडौं । निर्वाचन आयोगले शनिबारदेखि मतदाता शिक्षा दिन शुरु गरेको छ ।
आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न तथा भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको छ । आयोगले मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएको छ ।
पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ ।